कोरोना भाइरस : मृतक संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित « Khabarhub

कोरोना भाइरस : मृतक संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १०८ जना संक्रमित भएका छन् । कूल संख्या २९ लाख २० हजार नाघेको छ ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५२५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४१५ जनाको मृत्यु भएको छ । शनिबार थप ४१५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६३ हजार १२० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८४७ जनामध्ये २ हजार १०२ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ ।

आइतबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ७५९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ हजार ७०८ जना उपचारपछि निको भएका छन् ।

१ लाख ५ हजार १४९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ३६९ जनाको मृत्यु भएको छ । योसँगै त्यहा मृतकको संख्या २२ हजार ६१४ पुगेको छ ।

एकैदिन १ हजार ६६० जना संक्रमित थपिदा कूल संक्रमितको संख्या १ लाख ६१ हजार ४८८ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । एकैदिन अरु ८१३ जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार ३१९ पुगेको हो ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २० हजार ११४ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५८ हजार ५९१ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ९३८, अफ्रिकी मुलुकहरुमा १ हजार ३ सय ७९ र अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ०२ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर