अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ « Khabarhub

अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट–  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।

धवलागिरि अञ्चल अस्पताल बागलुङको अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताए । उनले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भन्दै सबैलाई मिलाएर लैजान सकेमा मात्र निश्चित उद्देश्य प्राप्त हुने बताए ।

मुख्यमन्त्री गुरुङले अस्पतालका सबै विभागको अवलोकनपछि अरुले भनेर सहयोग गर्नुभन्दा आफूले देखेर अनुभवका आधारमा सहयोग गर्दा सहयोगको सही सदुपयोग हुने भएकाले अस्पतालको अनुगमन गर्न आएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा भौतिक सुधारका लागि सहयोग गर्न मुख्यमन्त्री गुरुङलाई आग्रह गर्नुभएको थियो ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : २८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर