वैशाखदेखि दैलेखमा ग्यास उत्खनन गरिँदै « Khabarhub

वैशाखदेखि दैलेखमा ग्यास उत्खनन गरिँदै


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ ।

चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि विसं २०७२ मङ्सिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खननको घोषणा गरेको थियो ।

त्यसबखत अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन हुने भएको हो ।

खानी तथा भू–गर्व विभागका परियोजना प्रमुख सुदीप रजौरेका अनुसार वैशाख १८ देखि औपचारिकरुपमा उक्त कार्यको थालनी हुने छ । उनले चीनको कम्पनीसँग दुई अर्ब २० करोडको सम्झौता भएको बताए । उनलले देखिएको ग्यास मिथेन ग्यास हो भनेर प्रमाणित भइसक्यो, अब कति परिमाणमा छ, कहाँ छ, उत्खनन गर्दा हुने परिमाण र लागतको मेल खान्छ कि खाँदैन यस्ता विषयको ठोस अनुसन्धान गर्न पनि उत्खननको काम थालनीे हुने बताए ।

स्थानीयले यसलाई दैवीशक्ति भन्दै नियमित पूजा गर्दै आएका थिए । खानी तथा भू–गर्व विभागले पहिला नै दैलेखको खोलामा बगेको पेट्रोलियम पदार्थको नमूना सङ्कलन गरेर काठमाडौँ पुर्‍याएको १५ वर्षपछि ग्यास उत्खनन हुने भएपछि दैलेखका उद्योगी व्यापारी खुशी भएका छन् ।

विगतका १० वटा स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि लाखौँ रकम खर्च गरे पनि त्यसको पुष्टि भएर वास्तविक कुरा बाहिर आउन नसकेका बेला सरकारले पुनःदैलेखको पेट्रोलियम पदार्थ अन्वेषण गरी उत्खननका लागि काम थाल्ने भएपछि केही आशा पलाएको छ ।

दैलेखमै यसको उत्खननको शुरुआत गर्न पुनःदैलेखबाटै कामको थालनी गर्ने सरकारले निर्णय गरेको प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले बताए । सयौँ वर्षदेखि जमीनमुनिबाट पेट्रोलियम पदार्थका रुपमा ग्यास निस्किरहेको दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम उत्खनन शुरु हुने भएपछि दैलेखका जनता सम्पन्न हुने उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेश कमिटी सदस्य शान्तिप्रसाद शर्माले बताए ।

तत्कालीन द्वन्द्वकै बेला विसं २०६० देखि नै नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै खोजविन थालिएको थियो । अमेरिकाको टेक्सास कम्पनी र युकेको केएन इनर्जीलेसमेत लाखौँ डलर अन्वेषणमा खर्च गरिसकेका छन् । सरकारले उपलब्धिमूलक काम नगरेको भन्दै ती कम्पनीसँगको सम्झौता विसं २०७१ मा तोडेको थियो । सरकारको जिटुजि सम्झौताअनुसार अहिले चीनको कम्पनीसँग सम्झौतासँगै काम शुरु गर्ने योजना सरकारको रहेको छ । अहिले काममा थप सहजताका लागि पेट्रोलियम नियमावलीकोसमेत पाँचौँ संशोधन गरिएको छ ।

दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ । धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रुपमा समेत परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उलेख्य उपस्थिति हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटक दैलेखको पञ्चकोशी क्षेत्र पुगेर फर्कने गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : ३६ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा