कोरोना संक्रमणका कारण बेलायतमा साहित्यकार शाहीको निधन « Khabarhub

कोरोना संक्रमणका कारण बेलायतमा साहित्यकार शाहीको निधन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगोरखा सैनिक तथा साहित्यकार गोपाल शाहीको कोरोना संक्रमणका कारण लण्डनमा निधन भएको छ ।

कोरोना संक्रमणका कारण लण्डनको रोयल फ्रि अस्पतालमा दुई साताअघि भर्ना भएका ७२ वर्षीय शाहीको गत बुधबार दिउँसो निधन भएको हो ।

लामो समय दक्षिण पूर्वी लण्डनमा बसोबास गरेका शाही अहिले ह्वाइटसिटी लण्डनमा श्रीमतीसहित बस्दै आएका थिए ।

पुख्र्यौली घर प्यूठान भएका शाहीको परिवार अहिले भैरहवा र भारतको मुम्बईमा बस्ने गरेको छ । पारिवारिक स्रोतका अनुसार शाहीकी श्रीमतीलाई पहिले कोरोना संक्रमण भएको थियो तर उनी अहिले सो संक्रमणबाट मुक्त भएको बताइएको छ ।

साहित्य सृजनामा सौख राख्ने शाहीको साहित्यिक उपनाम ‘पथिक’ रहेको थियो । उनी दक्षिण पूर्वी लण्डनमा हुने साहित्यिक गतिविधिमा सक्रिय थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ४० बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’