सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार « Khabarhub

सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक सर्वेन्द्र खनालले अपहरण गरी आफ्नो गृहजिल्लाबाट काठमाडौं पुर्‍याएर बन्धक बनाएको भन्दै डा यादव उजुरी दर्ता गर्न पुगेका थिए ।

तर, काठमाडौं प्रहरीले बारदात भएको स्थान (घटनास्थल) महोत्तरीमा भएको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

उजुरी दर्ताका लागि पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत आइतबार प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

तर, नेताहरु उजुरी दर्ता गर्न जाँदा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली भने कार्यालयमा थिएनन् ।

जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री डा भट्टराईले उजुरी अस्वीकार गरिएको विषय जनाएका छन् ।

उजुरी दर्ता गर्न अस्वीकार भएको विषय सामाजि सञ्जालमा उल्लेख गर्दै डा भट्टराईले लेखेका छन्, यत्रो देश–विदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ०५ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान