कोरोना कहर : कश्मिरका बालबालिकालाई रेडियोमार्फत अध्यापन « Khabarhub

कोरोना कहर : कश्मिरका बालबालिकालाई रेडियोमार्फत अध्यापन


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको कश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराउन थालिएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउन थालिएको हो ।

भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट बञ्चित भएका छन् ।

अत्यधिक धेरै विद्यार्थीहरु माझ एकैचोटी पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियो मार्फत् अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन् ।

भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियो मार्फत् अध्यापन गराउने तयारी थालिएको जनाएको छ ।
अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डीया रेडियो मार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन् ।

काश्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानल मार्फत् पनि अध्यापन गराउँदै आएको छ ।

तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुनेगरी रेडियो मार्फत् पनि अध्यापन गराउनु परेको हो ।
निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युव, निर्देशनालयको वेभसाईट लगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पु¥याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

काश्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिदै गएपनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा बञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पु¥याउन अनेक उपायहरु गरिएको बताए ।

लकडाउनमा भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस भनेर नै यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

भारतको जम्मु र कश्मिर राज्यमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४९४ पुगेको छ भने ती मध्ये छ जनाको मृत्यु भएको छ । त्यसैगरी अरु ११२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसका कारण देशभरी मृत्यु हुनेको संख्या ८२५ पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या २६ हजार ४९६ पुगेको छ । कुल सङ्क्रमित मध्ये २१३ जना पछिल्लो २४ घण्टामा सङ्क्रणको पुष्टि भएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ५५ बजे

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य