काठमाडौं महानगरभित्र बिहान १० बजेसम्म पसल खुल्ने « Khabarhub

काठमाडौं महानगरभित्र बिहान १० बजेसम्म पसल खुल्ने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ ।

आइतबार बसेको महानगरको ४५औं कार्यपालिका बैठकमा मेयर विद्यासुन्दर शाक्यले राखेको प्रस्तावमा महानगरपालिकाका सबै वडाका अध्यक्ष सकारात्मक भएका हुन् ।

मेयर शाक्यले वडाध्यक्षहरूलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला।’

मेयर शाक्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्‍यापिड परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले अहिलेसम्म आफ्ना क्षेत्रका ६८ हजार ६ सय १७ नागिरकई राहत वितरण गरेको मेयर शाक्यले जानकारी दिए। यस्तै १९ हजार ७ सय २३ जनालाई वडा कार्यालयबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उनले बताए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थपेर वैशाख २५ गतेसम्म लम्ब्याएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ४६ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा