कोरोना भाइरसविरुद्ध केन्द्रित भएर ‘पवनकली शो’ शुरु « Khabarhub

कोरोना भाइरसविरुद्ध केन्द्रित भएर ‘पवनकली शो’ शुरु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणमा केन्द्रित रहेर ‘पवनकली शो’ आइतबारबाट पुनः शुरु भएको छ ।

कोरोना विरुद्ध बालबालिकाहरुमा जनचेतना जगाउन लोकप्रिय हास्यप्रधान कार्यक्रम पवनकली शो’ आइतबारदेखि पुनः शुरू भएको हो । सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा पवनकली शो प्रशारणमा आएको हो ।

कार्यक्रम मूलतः बालबालिका लक्षित हुने भए पनि समग्र स्रोता दर्शकले पनि मनोरञ्जन र सूचना प्राप्त गर्न सक्ने जनाइएको छ ।

पवनकली शो कार्यक्रम अब हरेक आइतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सीआईएन) मार्फत देशैभरिका सामुदायिक रेडियो, युट्युब र सामाजिक सञ्जालबाट प्रसारण हुने सेभ द चिल्ड्रेनका कम्युनिकेसन म्यानेजर आयुष श्रेष्ठले जानकारी दिए ।

हास्यप्रधान ढाँचाको कार्यक्रम बालबालिका र समग्र स्रोता दर्शकलाई जानकार, सुसूचित र सचेत बनाउन प्रभावकारी हुने जनाइएको छ । कार्यक्रम लुनिभा तुलाधरले नै सञ्चालन गरेकी छिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : २५ बजे

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौं– अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर– फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका