उत्तर कोरियाली शासक किम विरामी भएपछि उनकै बहिनी यो जोङ चर्चामा « Khabarhub

उत्तर कोरियाली शासक किम विरामी भएपछि उनकै बहिनी यो जोङ चर्चामा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इन विरामी परेको समाचारहरु बाहिरिएपछि उनकै बहिनी यो जोङ चर्चामा आएकी छन् ।

सन् २०१८ मा दक्षिण कोरियाको पियोंगचांगमा आयोजित ओलम्पिकको दौरान पहिलो पटक चर्चामा आएकिन् उनी दाई किम विरामी परेपछि किमकै उत्तराधिकारी भन्दै उनको चर्चा सुरु भएको हो।

पिता किम जोङ इलकी सबैभन्दा प्यारी छोरीको रुपमा चिनिने उनको बिद्यालय शिक्षा स्विट्जरल्यान्डमा भएको अमेरिकी अखवार वासिङटन पोष्टले जनाएको छ ।

उत्तर कोरिया फर्कनुअघि सन् २००० को शुरुतिरै उनले व्यालेटको प्रशिक्षण पनि लिएको बताइन्छ ।

पछिल्लो समयमा आणविक हातहतियार विकास कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय तनाव चुलिँदै गइरहेपनि उत्तर कोरियाको ‘इभान्का ट्रम्प’ को उपनाम पाएकी किम यो जोंङले गत महिना मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अफ्नो दाजुबीच विशेष व्यक्तिगत सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।

यो–जोङलाई किमले वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य बनाउँदै निर्णायक अधिकारहरुमा पनि सह्रिक हुने गरी ३ बर्षअघि बढुवा गरेका थिए । सन् १९८७ मा जन्मिएको योङ ६ बर्षअघि पार्टीको वरिष्ठ अधिकारी भएकी थिइन्।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ४४ बजे

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका