कोरोना कहर : विराटनगरबाट आएका यात्रुलाई नागढुंगामै रोकियो, उतै फर्काइने « Khabarhub

कोरोना कहर : विराटनगरबाट आएका यात्रुलाई नागढुंगामै रोकियो, उतै फर्काइने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकाका प्रहरी कडाइ गरेकाे छ।

आज विहान विराटनगरमा आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएपछि यात्रु अलपत्र परेका छन् । सात वटा बस करिव १६० यात्रु काठमाडौंका आए पनि प्रहरीले उनीहरुलाई नागढुंगा नाकामा रोकेको हो ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै लकडानउका समयमा बाहिरबाट यात्रु काठमाडौं आउन नदिने निर्णय स्वरुप बसहरु रोकिएको जानकारी दिए ।

उनले विराटनगरबाट आएका यात्रुलाई काठमाडौं छिर्न नदिने र विराटनगर नै फर्काउने बताएका छन् ।

तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंबासीलाई पठाएको जानकारी दिए ।

उनले सबै यात्रुको स्वास्थ्य जाँच गरी समन्वय गरेर नै पठाएको बताएका छन् ।

विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ४५ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा