गुपचुप अनमोल « Khabarhub

गुपचुप अनमोल


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसी फिल्मका कारण मात्र चर्चामा रहँदैनन् । भलै उनका फिल्मले व्यापार नगरुन् तर उनले लिने पारिश्रमिकका कारण उनको चर्चा हुन भने छोड्दैन ।

अनमोल सधैं आफूलाई सबैभन्दा महंगो पारिश्रमिक पाउने अभिनेताका रुपमा चिनाउन चाहन्छन् । त्यसैले होला, फिल्मवृत्तमा उनले ५० लाखसम्म पारिश्रमिक लिएको चर्चा चल्छ । त्यसो त अनमोलले अभिनय गरेका फिल्मले पनि त्यस्तो कमाल गर्न सकेका छैनन् ।

यतिबेला कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले नेपालभर लकडाउन गरेको छ । त्यसो त विश्वका कैयन् देशमा लकडाउन गरिएको छ । जसकारण फिल्म उद्योगलाई पनि ठूलो घाटा भएको छ ।

फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकहरु यतिबेला संकटको घडीमा छन् । यही अवस्थालाई मध्यनजर गर्दै कतिपय कलाकारले सहयोगको हात अगाडि बढाएका छन् । तर, अनमोल भने यस्तो अवस्थामा पनि सहयोग गर्नुको सट्टा चुपचाप छन् ।

वर्षभरि सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार भन्दै हल्ला पिटाउने तर आपत पर्दा सहयोग गर्न नखोज्ने भन्दै अनमोलमाथि प्रश्न उठ्न थालेको छ । तर, उनी भने यसबारेमा मौन छन् ।

अनमोलका फ्यानले संकटको बेला अरुलाई नसके पनि फिल्म क्षेत्रका समस्यामा परेका मजदूरलाई राहत उपलब्ध गराउन अनुरोध गर्न थालेका छन् । ५० लाख एउटै फिल्मबाट लिएको र हालसम्मकै महंगो अभिनेता भएको दाबी गर्ने अनमोलबाट फ्यानले आशा गर्नु स्वभाविक पनि हो । तर, अनमोल चाहिँ लकडाउनबारे थाहै नभएझैं गरी घरमा बसिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ०९ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल