कञ्चनपुरमा एक हजार ७०८ जनाको कोरोना जाँच « Khabarhub

कञ्चनपुरमा एक हजार ७०८ जनाको कोरोना जाँच


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा एक हजार ७०८ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ ।

गत चैत २७ गतेदेखि शुरु गरिएको र्‍यापिडटेष्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुको नजिता पनि नेगेटिभ आएको छ ।

भारतबाट फर्केका व्यक्तिको सबैभन्दा बढी र्‍यापिड टेष्ट गरिएको छ । तेस्रो मुलुकबाट फर्केका र कोरोनाको सङ्क्रमण दर उच्च रहेका भारतीय शहर मुम्बै, दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिको र्‍यापिड टेष्ट गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना भाइरस फोकल पर्सन सिद्धराज भट्टका अनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको समेत र्‍यापिड टेष्ट गरिएको छ ।

भीमदत्त नगरपालिकामा ५९०, बेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको र्‍यापिड टेष्ट विधिबाट परीक्षण गरिएको छ ।

यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाउँपालिकामा ६२ र बेलडाँडी गाउँपालिकामा २६ जनाको पनि टेष्ट गरिएको छ ।

कतार, दुवइ, साउदी अरेबिया, मलेसियालगायत मुलुकबाट आएका व्यक्तिसँगै भारतको कोरोना सङ्क्रमणको दर उच्च रहेका मुम्बै, नयाँ दिल्ली र राजिस्थानलगायतका क्षेत्रबाट फर्केका व्यक्तिहरु, नेपालको काठमाडौँ, ओखलढुङ्गालगायत क्षेत्रबाट फर्केका व्यक्तिसँगै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको र्‍यापिड टेष्टको कार्यसमेत गरिएको छ ।

आइतबार मात्रै शुक्लाफाँटामा १२०, बेलौरीमा २४, बेदकोटमा ७१, भीमदत्तमा ४०, पुनर्वास नगरपालिकामा १४५ जनाको र्‍यापिड टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैजनाको नतिजा नेगेटिभ रहेको छ । र्‍यापिड टेष्टमा शरीरमा एन्टीबडी रहे नरहेको जाँच गरिन्छ ।

जिल्लामा हालसम्म २०५ जनाको स्वाब सङ्कलन गरी कोरोना भाइरस परीक्षण गरिएको छ । जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएकामध्ये एकजनामा पोजेटिभ देखिएको थियो । उहाँ उपचारपछि घर फिर्ता भइसकेका छन् ।

अन्यको नतिजा नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएका मध्ये दुईजनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कञ्चनपुरमा रहेको ६०६ श्ययाको क्वारेन्टाइनमा छजना महिलासहित १५६ जनालाई राखिएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा बाह्य मुलुकबाट आएका व्यक्तिको र्‍यापिड टेष्टको कार्य शुरु गरिएको छ । तेस्रो मुलुकबाट जिल्लामा चैत महिनामा भित्रिएका १३० जना व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  २ : ०० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न