लाठी प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ « Khabarhub

लाठी प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको मायादेबी गाउँपालिका-१ धमौलीका ४० वर्षीय राम नेवास लोधको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन् ।

सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले प्रमेश्वर र केदारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : ०७ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला