श्रीलंकामा ९५ नौसैनिकमा कोरोना संक्रमण भएको पुष्टि | Khabarhub Khabarhub

श्रीलंकामा ९५ नौसैनिकमा कोरोना संक्रमण भएको पुष्टि


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागू औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।

श्रीलंकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ सय २३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको पनि मन्त्रालयले बताएको छ ।

सैनिक कमाण्डर शवेन्द्र सिल्भाका अनुसार सङ्क्रमित सबै नौसैनिक वेलिसरा नौसैनिक शिविरका रहेका छन् । सरकार र सेनाले उक्त शिविर र वरपरका क्षेत्रलाई देशका ‘आइसोलेटेड जोन’ घोषणा गरिएको छ । सङ्क्रमित सैनिक भएको शिविरमा प्रवेश र त्यहाँबाट बाहिर जानमा पूर्णतया प्रतिबन्ध लगाइएको छ ।

रक्षा सचिव कमल गुणरत्नले आईतबार श्रीलंकाका सैनिक अधिकारीहरूलाई विदामा बसेको भए तत्काल आफू कार्यरत शिविरमार्फत् सरकारलाई जानकारी गराउन निर्देशन दिएका छन् । श्रीलंकामा गत शुक्रबारदेखि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि लगाइएको कर्फ्यू आदेश मङ्गलबारसम्म लागू हुनेछ । कर्फ्यूका विषयमा अवस्था हेरेर त्यसपछिको लागि निर्णय लिइने सरकारले जनाएको छ ।

त्यहाँको सूचना विभागले कोभिड–१९ को सङ्क्रमण कम रहेका विभिन्न २१ जिल्लामा कर्फ्यू आदेशलाई मङ्गलबारदेखि खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई सुरू गर्ने जनाएको छ । तर कर्फ्यू आदेश कोलम्बो, गम्पाह, कलुतारा र पुट्टालममा भने मे ४ गतेसम्मका लागि लागू रहने सरकारले निर्णय गरिसकेको छ ।श्रीलंकाको राजधानी कोलम्बोमा अहिलेसम्म सबैभन्दा बढी सङ्क्रमित व्यक्ति भेटिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ३० बजे

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा