भारतको मध्य प्रदेश राज्यमा पीपीई उत्पादन सुरु « Khabarhub

भारतको मध्य प्रदेश राज्यमा पीपीई उत्पादन सुरु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले व्यक्तिगत सुरक्षा पोषाक (पीपीई) अभाव भएपछि भारतको मध्य प्रदेश सरकारले पीपीई उत्पादन सुरु गरेको छ ।

मध्य प्रदेश राज्य राज्य सरकारका अनुसार त्यहाँ दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) उत्पादन सुरु भएको छ । यसको व्यवस्थापन गर्ने जिम्मा प्रादेशिक औद्योगिक केन्द्रलाई दिइएको छ ।

कोरोनाभाइरसको महामारी शुरु भएदेखि मध्य प्रदेश राज्यमा अहिलेसम्म झण्डै एक लाख ५० हजार पीपीई उत्पादन भइसकेको छ ।

उत्पादन भएकामध्ये करिब ७५ हजार पीपीई इन्दौर र भोपालमा पठाइएको प्रादेशिक औद्योगिक विकास केन्द्रका प्रवन्ध निर्देशक कुमार पुरुषोत्तमले जानकारी दिए।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले रक्षा अनुसन्धान तथा विकास संगठनले अनुमोदन गरेर पीपीई उत्पादन गर्न थालिएको जानकारी दिए।

कोरोनाभाइरसबाट सङ्क्रमणको आशंका गरिएका वा सङ्क्रमण भएका विरामीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरुले पीपीई लगाइने गरिएको छ ।  भारतको मध्य प्रदेशमा मात्रै दैनिक दश हजार पीपीईको माग हुँने गरेको बताइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : १७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल