कोरोना भाइरस : ९ लाख २२ हजारभन्दा बढी निको भए | Khabarhub Khabarhub

कोरोना भाइरस : ९ लाख २२ हजारभन्दा बढी निको भए


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ९ लाख २२ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ७ लाख १० हजार ८५० ले बढी हो ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर्स इन्फोका अनुसार युरोपमा ४ लाख ४६ हजार ४६४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख २३ हजार ९९७ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६६ हजार ६०६ जना निको भएका छन् । ती मुलुकहरुमा ६१ हजार ५४९ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख ३६ हजार ५७५ जना कोरोना संक्रमित निको भएका छन् । एसियाली मुलुकमा १७ हजार ५८८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ६११ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ६ हजार ७३० जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका ३३ हजार ९९१ जनामध्ये १० हजार ५७५ जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलिया तथा ओसिनिया मुलुकहरुमा १०२ जनाको मृत्यु भएको छ भने ६ हजार ८३८ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : १४ बजे

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन

कोलम्बो– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन

हङकङको ‘समान अवसर आयोग’ मा अरुणा नियुक्त

हङकङ–  हङकङ सरकारको ‘समान अवसर आयोग (ईओसी)’ को सदस्यको रूपमा

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि

काठमाडौं– माध्यमिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक

अमेरिकी सहायता कटौती : तत्काल सकस, दीर्घकाललाई अवसर

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा

प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको