दक्षिण चीन सागरमा तनाव बढ्ने संकेत | Khabarhub Khabarhub

दक्षिण चीन सागरमा तनाव बढ्ने संकेत


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वले कोरोना भाइरससँग संघर्ष गरिरहेका बेला चीनले विवादास्पद दक्षिण चीन सागरका विभिन्न स्थानको नामाकरण गरेको छ ।

विश्वको सबै भन्दा शक्तिशाली देश बन्ने सपना बोकेको चीनले विवादास्पद उक्त क्षेत्रका ८० स्थानको नाम परिवर्तन गरेसँगै तनाव चुलिने संकेत देखिएको छ ।

यसअघि दक्षिण चीन सागरमा लडाकू विमान पठाएको चीनले गोप्य रूपमा दक्षिण चीन सागरमा ८० स्थानको नाम परिवर्तन गरेको दावीसहितका विवरणहरु बाहिरिएका छन् ।

पुन: नामकरण गरिएका स्थानहरूमध्ये २५ वटा टापु र चट्टानहरू छन् भने बाँकी ५५ वटा समुद्री भूगोल संरचना हुन् ।

चीनले गत हप्ता आफ्नो युद्धपोत र लडाकू जेटहरू समुद्री क्षेत्रमा पठाएको ताइवानले आरोप लगाउँदै आएको छ । जापानले ताइवानको उक्त आरोपमा सत्यता भएको जनाएको थियो ।

चीनले भने उक्त आरोपहरुको खण्डन गर्दै आएको छ । उसले ती क्रियाकलापहरु नियमित सैन्य अभ्यास अन्तरगत भएको बताउँदै आएको छ ।

दक्षिण चीन सागरका विभिन्न स्थानलाई चीनले नामाकरण गरेसँगै ती क्षेत्र उसले जबरजस्ती कब्जा गर्न सक्ने मनसायले अभिप्रेरित भएको आरोप लगाइएको छ ।

ताइवान र जापानसँग यसअघिदेखि नै कटुतापूर्ण सम्बन्ध रहेको चीनको उक्त कदमसँगै दक्षिण चीन क्षेत्रमा तनाव बढ्न सक्ने विश्लेषण हुन थालेका छन् ।

चीनले आफ्नो जलक्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरुले अस्वीकार गर्दै  आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ३२ बजे

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौं– प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको

प्रधानमन्त्री कार्कीको सरकारमा गुप्ता जेन-जी मन्त्री 

काठमाडौं– अभियन्ता बब्लु गुप्ता नेपालको संघिय युवा तथा खेलकुदमन्त्री भएका

खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका

वीरगन्जका बजारमा छठ पर्वको तयारी, सर्वसाधारणको भिडभाड (तस्बिरहरू)

काठमाडौं– विशेष गरी मधेशका हिन्दुहरूको महान् पर्व छठ दोस्रो दिन

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा