मूल्य सूची नराखी खाद्यान्न बिक्री गर्ने स्टोरलाई विभागको कारबाही « Khabarhub

मूल्य सूची नराखी खाद्यान्न बिक्री गर्ने स्टोरलाई विभागको कारबाही


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्यान्नको मूल्य वृद्धिको गुनासो बढ्न थालेपछि सरकारले कडाइ थालेको छ । मूल्यसूची नराखी खाद्यन बिक्री गरिरहेका खाद्य स्टोरहरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

लकडाउनको समयमा उपभोक्तालाई खाद्यान्न अभाव हुन नदिनका लागि सरकारले दैनिक उपभोग्य वस्तुहरुका बिक्री केन्द्रहरु बिहान बेलुका निश्चित समयसम्मका लागि खुला गर्न सरकारले छुट दिएको छ । यसलाई कालोबजारीको अवसरका रुपमा प्रयोग गर्न खोज्ने काठमाडौंको कपनस्थित तीनवटा खाद्य स्टेरहरुलाई विभागले कारबाही गरेको हो ।

आइतबार अनुगमनका क्रममा मूल्यसूची नराखी आफूखुशी मूल्य राखेर सामान बिक्री गरेको पाएपछि विभागले कपनका तीन खाद्यान्न बिक्रेताहरुलाई ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गरेको छ ।

अमरावती खाद्य स्टोर्सले बिक्री बिल जारी नगरी बढी मूल्य लिएर अनुचित व्यापारिक क्रियाकलाप गरेकोले दुई लाख रुपैयाँ जरिवाना गरेको विभागले बताएको छ । यस्तै, एमबीटी खाद्य स्टोर्सलाई एक लाख र जीएन स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना भएको छ ।

लकडाउको समयमा वाणिज्यले दैनिकरुपमा बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक नेत्र सुवेदीले बताए । उनले व्यापारीले अनुचित नाफा कमाउने उद्देश्यले मूल्यसूची नराखी उपभोक्तालाई आफूखुशी बढी मूल्यमा सामान बिक्री गर्ने गरेको पाइएको भन्दै अनुगमनका क्रममा त्यस्तो भेटिए कारबाही गर्ने बताए ।

उपभोक्ता संरक्षण विभागले सामानको अभाव देखाउँदै मूल्य बढाउन थालेको पाएपछि औषधि पसल (फार्मेसी) र सर्जिकल पसलहरुको पनि अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : २५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज