नयाँ मानिसको प्रवेश निषेध, गाउँगाउँका नाकाबन्द « Khabarhub

नयाँ मानिसको प्रवेश निषेध, गाउँगाउँका नाकाबन्द


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् ।

सूर्यविनायक नगरपालिकाको परोपकार शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

यो सडकमा दुई सातादेखि नै रोक लगाएको हो । नयाँ मान्छेको ओहोरदोहोर बढेपछि कोरोना सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासीले लकडाउनका समयमा नयाँ मान्छे र जथाभावी सवारीसाधनको आवतजावत रोक्न यस्तो व्यवस्था गरिएको स्थानीयवासी सुरेश खड्काले जानकारी दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–५ कटुञ्जे लामडाँडा, भुजुटोल, सुशीला भैरवका स्थानीयवासीले लकडाउनलाई उल्लङ्घन गर्नेको सङ्ख्या बढेको भन्दै नाका बन्द गरेको छ ।

एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी साधन र प्रेसबाहेक अन्य सवारी साधन चलाउन नपाइने र बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गरेको स्थानीयवासीको भनाइ छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलको विभिन्न नाकामा स्थानीयवासीले बन्द गराएको वडाध्यक्ष किरण थापाले जानकारी दिए । उनले लकडाउनको व्यापक उल्लङ्घन भएको र नयाँ मान्छेको आवतजावत बढेको भन्दै स्थानीयवासीले आफ्नो गाउँटोलमा बाहिरका मानिसलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन बन्द गराएको बताए ।

लकडाउनलाई कडारुपमा कार्यान्वयन गराउन वडा कार्यालयले समेत प्रत्येक टोलमा १०/१० जनाका दरले स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष थापाले जानकारी दिए। गुण्डुको भित्री टोल जाने सडकमा पनि तगारो हालेर बाटो बन्द गरिएको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको धेरै टोलमा नयाँ मान्छेको प्रवेशमा रोक लगाउनुका साथै सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।

त्यसैगरी चाँगुनारायण नगरपालिका–९ सौडोलमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । सौडोलबाट खड्का गाउँहुदै जाने सडकमा एकतर्फीरूपमा जान दिए पनि फर्कन भने नदिने गरेका छन् ।

सञ्चारकर्मीको टोली समाचार सङ्कलनका क्रममा पुग्दा जान दिए पनि सोही मार्ग भएर फर्कन भने नदिएको हो । मध्यपुरथिमि नगरपालिका–१ जडीबुटीस्थित बिपी आँखा अस्पताल क्षेत्र आसपासमा काठमाडौँ र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयवासीले तगारो राखेर आवतजावतमा रोक लगाएपछि यसको व्यापक विरोध भएको छ । विरोधका कारण आठ दिनपछि प्रहरीको सक्रियतामा स्थानीयवासीले उक्त तगारो हटाएर आवतजावत सहज बनाएका छन् ।

अपरिचित नयाँ मान्छेको आगमन हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले स्थानीयवासीले आफ्नो गाउँ टोल छिर्ने नाकामा यसरी तगारो राखेर सडक बन्द गराई प्रवेश निषेध गरिएको छ । सिपाडोलका अंशुम कार्कीले कोरोना सङ्क्रमति एक जना नयाँ मान्छे गाउँ पसेमा सिङ्गो गाउँमा नै सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले आफ्नो गाउँका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि बाटो बन्द गराउनुपरेको बताए ।

स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर नै बाटो बन्द गराएको स्थानीयवासीको दाबी छ । सरकारले लकडाउन गरेको बेलामा यसै पनि आवतजावत रोकिनुपर्ने हो तर लकडाउनको उल्लङ्घन गर्दै बाहिरबाट अपरिचित व्यक्तिको आवतजावत देखिन थालेपछि बाटोमा तगारो राखेर बन्द गराएको स्थानीयवासीको भनाइ छ । यसले सरकारले लागू गरेको लकडाउनको कार्यान्वयमा सहज बनाएको उनीहरुको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहलाई जानकारी नदिई यसरी सडक बन्द गराउनु गैरकानूनी काम हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराएको कसैले उजुरी नदिएको जनाएको छ । सडक अवरोधले समस्या पर्‍यो भनेर स्थानीय तहमा पनि गुनासो आएको छैन ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : ०१ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर