दुई करोड बढीको च्याउ नोक्सान « Khabarhub

दुई करोड बढीको च्याउ नोक्सान


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब रु दुई करोडबराबरको च्याउ नोक्सान भएको छ ।

च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पुर्‍याउन नसक्दा सो मूल्य बराबारको क्षति पुगेको जानकारी दिए ।

जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् ।

माइपश्चिमका गौरादह–९ स्थित नमूना च्याउ उद्योगको करिब पाँच लाख, सीता च्याउ उद्योगको रु ६ लाख, कुलश च्याउ उद्योगको रु पाँच लाख, ढुङ्गाना च्याउ उद्योगको रु १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको रु पाँच लाखबराबरको च्याउ घाटा व्यहोर्नुपरेको सङ्घले जनाएको छ ।

यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करिब रु ३० लाख, शिवसताक्षीका किसानको करिब रु ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करिब रु ४० लाखको च्याउ नोक्सान भएको छ ।

यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला बजारसम्म पुर्‍याउन सकेका छैनन् । हाटबजार, पसल तथा यातायातका सवारी साधन बन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिणामको च्याउमा ठलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताउँछन् ।

बन्दबन्दीबाट प्रभावित जिल्लाका च्याउ किसानले बन्दाबन्दी लम्बिँदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानको गुनासो छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : २३ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको