प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुई घण्टा छलफल « Khabarhub

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुई घण्टा छलफल


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्ने उद्देश्यले भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ ।

करिब दुई घण्टा लामो भेटवार्तामा ठोस सहमति केही पनि नभएको नेकपानिकट स्रोतले जनाएको छ ।

पछिल्लो विवाद समाधानको लागि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले तत्काल सचिवालय बैठक र त्यसपछि स्थायी कमिटीको बैठक डाक्नुपर्ने अडान राखेका छन् ।

पार्टीभित्र उत्पन्न विवादका कारण रक्षात्मक बन्दै गएका ओलीले आफूसँग असन्तुष्ट रहेका प्रचण्डलाई वार्ताका लागि सोमबार दिउँसो एक बजे बालुवाटार बोलाएका थिए।

पार्टीलाई अलग गरी दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णयबाटपछि हटेपनि ओलीलाई विश्वास गर्ने अवस्थामा प्रचण्डसँगै नेकपाका अधिकांश नेताहरु पुगेका छैनन्।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : ४५ बजे

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को