अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

अमेरिका र इजिप्टका विदेशमन्त्रीबीच भेटवार्ता


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वासिङ्टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र इजिप्टका विदेशमन्त्री सामेह सोउकीबीच मङ्गलबार द्वीपक्षीय भेटवार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

पोम्पेओ र सोउकीबीच दुई देशको आपसी हित र क्षेत्रीय सुरक्षा तथा स्थायित्वका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पल्लाडिनोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भेटवार्ताको क्रममा पोम्पेओले इजिप्टलाई इजिप्ट–इजरायल शान्ति सम्झौताको ४० औँ वर्षगाँठको उपलक्षमा बधाई दिएका छन् ।

इजिप्ट र इजरायलबीच १९७९ मार्च २६ मा वासिङ्टन डिसीमा इजिप्टका राष्ट्रपति अन्बर सदात र इजरायली प्रधानमन्त्री मेनाचेम बिगिनबीच शान्ति सम्झौता भएको थियो ।

यस सम्झौतापछि इजिप्ट र इजरायलबीचको सम्बन्ध सामान्यीकरण हुनुका साथै १९६७ को तेस्रो मध्यपूर्व युद्धमा इजरायलले इजिप्टबाट कब्जामा लिएको सिनाई प्रायःद्वीपको विषय टुङ्गिएको थियो ।

सोही युद्धको क्रममा सिरियाबाट गोलान हाइटस्लाई पनि इजरायलले कब्जामा लिएर सन् १९८१ मा आफूमै गाभेको घोषणा गरेको थियो । तर यो कब्जालाई अन्तर्राष्ट्रिय समुदायले आजपर्यन्त स्वीकार गरेको छैन ।

गोलान हाइटस् इजरायलको हो भनी अमेरिकी प्रशासनले हालै दिएको मान्यतालाई सिरियाले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अधिकारमाथि अमेरिकाको ठाडो हस्तक्षेपको रुपमा लिएको सिरियाली समाचार समिति सानाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : २१ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभामा विश्वासको मत

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४