वीरगन्ज र भरतपुरमा भर्ना नलिएपछि हेटौंडामा बहिनीकाे उपचार गर्दै खान | Khabarhub Khabarhub

वीरगन्ज र भरतपुरमा भर्ना नलिएपछि हेटौंडामा बहिनीकाे उपचार गर्दै खान


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १० वर्षीया बहिनीकाे उपचारका लागि वीरगन्जका  रियाज खान विभिन्न भौतारिए । ज्वरो आएकी बहिनीको उपचारका लागि उनी वीरगन्जको गण्डक अस्पतालदेखि भरतपुर हुँदै हेटौंडा अस्पतालसम्म पुगेका हुन् ।

गण्डक अस्पतामा बहिनीको उपचार नहुने भएपछि उनी निकै निरास बने । अस्पतालले आईसीयू नभएको भन्दै भरपुर जान सल्लाह दियो । बहिनीको स्वास्थलाई ख्याल गर्दै उनी चितवनस्थित भरतपुर अस्पताल पुगे ।

१५ दिनदेखी ज्वरोले थलीएकी बहिनीलाई लिएर भरतपुर पुगे पनि अस्पतालले बिरामीलाई भर्ना लिन नमानेपछि उनी झन निरास बने । भरतपुर पुगेका उनले त्यहाँका निजी र सरकारी अस्पताल सबै चाहारे पनि कतै सीप चलेन ।

कुनै अस्पतालले रगतको अभाव त कतै आईसीयु उपकरण नभएको लगायतका विभिन्न बहाना बनाएर बिरामीलाई फिर्ता पठाएको उनले गुनासो गरे ।

भरतपुरमा पनि उपचार नहुनेभएपछि उनी बहिनीलाई बोकेर घर फर्कन लाग्दा हेटौँडा अस्पतालमा उपचार हुन्छ कि भनेर त्यहाँ पनि पुगे ।

अस्पतालले बहिनीको उपचार गर्ने जनाउँदै भर्ना गरेपछि निरास बनेका रियाजको आशा पलायो ।

बिरामी बहीनीको उपचारका लागि ३ द‍िनसम्म विभिन्न अस्पताल धाउँदा हेटौँडा अस्पतालले भर्ना लिएपछि भने उनी ढृुक्क बने ।

उनले हेटौंडा अस्पताल प्रशासन र यहाँका चिकित्सकहरुले देखाएको मानवियताप्रति मुक्तकण्ठले प्रसंसा नै गरे ।

अहिले पर्सा जिल्ला कालीमाई गाउँपालिकाका–२ की १० वर्षीया नाजरिन खातुनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टर राजु सेढाइका अनुसार उनलाई एप्लाष्टिक एनेमिया भएको छ । नाजरिनको शरीरमा रगत उत्पादन नभएको र रगतमा हेमोग्लोबिन, प्लेटलेट्सको कमी भएको डाक्टर सेढाइ बताए ।

उनले बिरामीको अवस्था सुधारोन्मुख रहेको समेत बताएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासले अस्पतालले ज्वरोका बिरामी भर्ना नै लिन नचाहाँदा बिरामी र आफन्तले शारीरिकसँगै मानसिक पीडा भोगिरहेको खानले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ०० बजे

दादासाहेब फाल्केको बायोपिकमा ११ वर्षपछि सहकार्य गर्दै अमिर र हिरानी

काठमाडौं – बलिउड नायक अमिर खान र निर्देशक राजकुमार हिरानीको

६ महानगरको बेरुजु : पोखरा पहिलो र काठमाडौं तेस्रो बन्दा विराटनगर अन्तिममा

काठमाडौं – म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती

उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वन र

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले

काठमाडौं- दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३