वीरगन्ज र भरतपुरमा भर्ना नलिएपछि हेटौंडामा बहिनीकाे उपचार गर्दै खान « Khabarhub

वीरगन्ज र भरतपुरमा भर्ना नलिएपछि हेटौंडामा बहिनीकाे उपचार गर्दै खान


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १० वर्षीया बहिनीकाे उपचारका लागि वीरगन्जका  रियाज खान विभिन्न भौतारिए । ज्वरो आएकी बहिनीको उपचारका लागि उनी वीरगन्जको गण्डक अस्पतालदेखि भरतपुर हुँदै हेटौंडा अस्पतालसम्म पुगेका हुन् ।

गण्डक अस्पतामा बहिनीको उपचार नहुने भएपछि उनी निकै निरास बने । अस्पतालले आईसीयू नभएको भन्दै भरपुर जान सल्लाह दियो । बहिनीको स्वास्थलाई ख्याल गर्दै उनी चितवनस्थित भरतपुर अस्पताल पुगे ।

१५ दिनदेखी ज्वरोले थलीएकी बहिनीलाई लिएर भरतपुर पुगे पनि अस्पतालले बिरामीलाई भर्ना लिन नमानेपछि उनी झन निरास बने । भरतपुर पुगेका उनले त्यहाँका निजी र सरकारी अस्पताल सबै चाहारे पनि कतै सीप चलेन ।

कुनै अस्पतालले रगतको अभाव त कतै आईसीयु उपकरण नभएको लगायतका विभिन्न बहाना बनाएर बिरामीलाई फिर्ता पठाएको उनले गुनासो गरे ।

भरतपुरमा पनि उपचार नहुनेभएपछि उनी बहिनीलाई बोकेर घर फर्कन लाग्दा हेटौँडा अस्पतालमा उपचार हुन्छ कि भनेर त्यहाँ पनि पुगे ।

अस्पतालले बहिनीको उपचार गर्ने जनाउँदै भर्ना गरेपछि निरास बनेका रियाजको आशा पलायो ।

बिरामी बहीनीको उपचारका लागि ३ द‍िनसम्म विभिन्न अस्पताल धाउँदा हेटौँडा अस्पतालले भर्ना लिएपछि भने उनी ढृुक्क बने ।

उनले हेटौंडा अस्पताल प्रशासन र यहाँका चिकित्सकहरुले देखाएको मानवियताप्रति मुक्तकण्ठले प्रसंसा नै गरे ।

अहिले पर्सा जिल्ला कालीमाई गाउँपालिकाका–२ की १० वर्षीया नाजरिन खातुनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टर राजु सेढाइका अनुसार उनलाई एप्लाष्टिक एनेमिया भएको छ । नाजरिनको शरीरमा रगत उत्पादन नभएको र रगतमा हेमोग्लोबिन, प्लेटलेट्सको कमी भएको डाक्टर सेढाइ बताए ।

उनले बिरामीको अवस्था सुधारोन्मुख रहेको समेत बताएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासले अस्पतालले ज्वरोका बिरामी भर्ना नै लिन नचाहाँदा बिरामी र आफन्तले शारीरिकसँगै मानसिक पीडा भोगिरहेको खानले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ०० बजे

लेखकको बन्दीप्रतक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रतक्षीकरण निवेदनको

सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

काठमाडौं– र्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन

हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पताल पुगिन् विद्यादेवी

काठमाडौं– प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

कञ्चनपुरको बजैनाथ मावि सङ्कटमा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बजैनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन,

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौं– सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक