बैशाख २५ पछि सेयर बजार खोल्ने तयारी « Khabarhub

बैशाख २५ पछि सेयर बजार खोल्ने तयारी


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड र  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैशाख २५ गतेपछि लकडाउन जारी नै रहेपनि सेयर बजार खोल्ने तयारी गरेका छन् ।

४५ दिनसम्म सेयर बजार बन्द हुँदा त्यसले लगानिकर्तामा निराशा छाएको तथा अर्थतन्त्र नै चलायमान नभएको निष्कर्षसहित बोर्ड र नेप्सेले मोडालिटी तयार गरी निश्चित अवधिका लागि भए पनि कारोबार खोल्ने तयारी गरेका हुन् ।

‘कोरोनाको प्रभाव शेयर बजारमा’ भन्ने शीर्षकमा मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको ‘भर्चुअल’ अन्तरक्रियामा बोल्दै बोर्डका अध्यक्ष भिष्म ढुङ्गाना र नेप्सेका प्रमुख चन्द्रसिंह साउदले बैशाख २५ पछि सेयर बजार खोल्नेबारे गृहकार्य भएको जानकारी दिएका हुन् ।

वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा भने थोरै समयका लागि कारोबार खुल्ला गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको र मोडालिटी टुंगिन बाँकी रहेको बोर्डका अध्यक्ष ढुंगानाले जानकारी दिए ।

उक्त अन्तरक्रियामा लकडाउन खुलेको दुई देखि तीन महिनाभित्र पूर्णस्वचालित अनलाईन कारोबार लागू गरिने गरी काम अघि बढाइएको समेत जानकारी दिइएको छ ।

बोर्डका अध्यक्ष ढुंगानाका अनुसार अनलाइन कारोबार पूर्णस्वचालित बनाउँन नेप्से र बोर्ड दुबै लागि परेको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गत चैत्र ११ गतेदेखि सुरु गरेर चौथो पटक थपेको लकडाउन बैशाख २५ गते सकिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ०४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा