कोरोना संक्रमण परीक्षणका लागि 'आरडीटी' काम छैन, 'पीसीआर'कै दायरा बढाऔं : डा. पाण्डे | Khabarhub Khabarhub

कोरोना संक्रमण परीक्षणका लागि ‘आरडीटी’ काम छैन, ‘पीसीआर’कै दायरा बढाऔं : डा. पाण्डे


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले र्‍यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) नेपालमा यति जनाको कोरोना परीक्षण गर्‍यौं भनेर देखाउनका लागि मात्र भएको तर्क गरेका छन् ।

उनले कोरोना संक्रमणको लागि नेपालमा गरिएको आरडीटी टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रणपछि गर्ने परिक्षण विधि भएको बताएका हुन् ।

‘यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउँदैन ।’, उनले भने, ‘यसले जाँच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबडी मात्र देखाउने हो ।’

रोगको प्रकोप शुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जाँच गरेका छौं भन्नको लागि मात्र भएको दाबी गरेका छन् ।

संक्रमण भएको ७, ८ दिनदेखि महिनासम्म यसमा एन्टीबडी देखिन सक्छ । रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन । एक त यो टेस्टका किट गुणस्तरहीन छन् । ३० – ४० प्रशितभन्दा धेरै गलत रिपोर्ट आउँछ । त्यसमा पनि संक्रमण शुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन।

उदाहरणको लागि उदयपुर लगायत ठाउँका दर्जन व्यक्तिहरुमा आरडीटी टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो । यदि उनीहरुलाई पीसीआर टेस्ट नगरेको भए उनीहरुले सयौं, हजारौं जनालाई यो रोग फैलाउन सक्दथे । सरकारले धेरै जिल्लामा दशौं हजारलाई यो परीक्षण गरिरहेको छ, रिपोर्ट नेगेटिभ आइरहेको छ ।

यदि आरडीटी टेस्ट पोजिटिभ आयो भने उसलाई पीसीआर टेस्ट गरिएको छ । यो राम्रो पक्ष हो । यसबाट कमसेकम पोजिटिभ देखिएको व्यक्ति सतर्क रहन्छ, पीसीआर टेस्टको अवसर पाउँछ, तर आरडीटीमा नेगेटिभ देखियो भने उ ढुक्क भएर सबैसँग भेटघाट गर्छ र धेरै जनालाई रोग सार्न सक्छ । यो निकै संवेदनशील विषय हो ।

पीसीआर टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो विधि विश्वासिलो छ । यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केही दिन पछिसम्म पोजिटिभ देखाउँछ।

नयाँ रोग फैलिएको बेलामा पीसीआर टेस्ट नै गर्नुपर्छ । घाँटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षण, परिवहन र परीक्षण राम्रोसँग गर्यो भने पीसीआर टेस्टबाट ७० प्रतिशत सहि रिपोर्ट आउँछ । नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्याएर पीसीआर टेस्ट गर्ने हो भने ९० प्रतिशत रिपोर्ट आउँछ । पीसीआरमा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएमा मात्र परीक्षण दोहोर्‍याउनु पर्ने हो ।

‘अहिले नेपालले जतिसक्यो, पीसीआर मेसिन किन्नुपर्छ ।’, उनले भने, ‘आरडीटी किटमा पैसा खेर फाल्नु जरुरी छैन । युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन ।’

उनले आरडीटी किटलाई स्टोरमा राखौं, अर्को वर्ष संक्रमण निर्मूल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्ने बताए ।

जति सक्यो पीसीआर मेसिन किनेर पीसीआर टेस्टको दायरालाई व्यापक बनाउनुपर्ने उनले बताए । सरकारले मात्र नसके सयौं निजी अस्पतालाई पनि सरकारले पीसीआर टेस्ट गर्नका सहजीकरण गर्नुपर्ने बताए ।

कोरोना संक्रमण जित्न पीसीआर परीक्षणको दायरा बढाएर संक्रमित समूहलाई आइसोलेसनमा राखेर उपचार गर्ने तथा स्वस्थ्य व्यक्तिलाई संक्रमितबाट सुरक्षित राख्नुको विकल्प हामी नभएको समेत बताएका छन् ।

नेपालमा हालसम्म ५४ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४३ बजे

रुकुमको सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व– रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको ‘छोरी बचत खाता’ कार्यक्रम

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा

विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप

तनहुँ– तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन्

न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर)

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क