कोरोना भाइरस :  ३१ लाखभन्दा धेरै संक्रमित, २ लाख १७ हजारभन्दा बढीको मृत्यु   « Khabarhub

कोरोना भाइरस :  ३१ लाखभन्दा धेरै संक्रमित, २ लाख १७ हजारभन्दा बढीको मृत्यु  


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले यो समाचार तयार पार्दासम्म ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७६३ पुगेको छ । संक्रमित भएका ९ लाख ५२ हजार ९९० जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ३१५ जनाको मृत्यु भएको छ भने ७५ हजार ९४९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाख ३५ हजार ३६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।

स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २६ हजार ४२२ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६४ हजार ३९९ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १७ हजार ९१०, अफ्रिकी मुलुकहरुमा १ हजार ५२७ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४३ बजे

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु