रोकिएका फुटबल लिग शुरु गर्दा जोखिम हुने चेतावनी | Khabarhub Khabarhub

रोकिएका फुटबल लिग शुरु गर्दा जोखिम हुने चेतावनी


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व फुटबलको प्रशासकीय निकाय फिफाका डाक्टर डा. मिचेल डी होग्हेले कोरोना भाइरसका कारण रोकिएका यो सिजनका फुटबल लिगहरु सुचारु गर्दा जोखिम हुने चेतावनी दिएका छन् ।

त्यसको सट्टा आउँदो सिजनको तयारीमा जुट्नु पर्ने फिफाका प्रमुख डाक्टरले बताएका हुन् । डा. होग्हेले कोरोना भाइरसको महामारी जारी रहेकै बेला यो सिजनका बाँकी खेलहरु सञ्चालन गर्ने पक्षमा आफू नरहेको र यसले जोखिम निम्त्याउने बताए ।

फिफाको मेडिकल कमिटिका प्रमुखले भनेका छन, ‘मेरो प्रस्ताव त यदी सम्भव छ भने आउँदा हप्ताहरुमा प्रतिस्पर्धात्मक खेलहरु गर्नु हुँदैन । आउँदो सिजन राम्रोसँग सुरु गर्न सकियोस् भन्नेमा प्रयास गर्नु पर्छ ।’

युरोपियन लिगहरुले प्रशासकीय निकाय युइएफएलाई यो सिजनका बाँकी खेलहरु गर्न चाहन्छन् वा चाहदैनन् भन्ने कुरा मे २५ सम्म जानकारी गराउनु पर्ने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : ४७ बजे

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश