सिंगापुरमा कोरोना संक्रमण दोस्रो चरणमा, आप्रवासी कामदार जोखिममा « Khabarhub

सिंगापुरमा कोरोना संक्रमण दोस्रो चरणमा, आप्रवासी कामदार जोखिममा


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  सिंगापुरमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ।

आप्रवासी कामदारमा शुरुमा कोरोनाको संक्रमण देखिएकोमा अहिले स्थानीयमा समेत संक्रमण देखिएपछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको हो ।

५० लाख जनसंख्या भएको सिंगापुरमा अहिलेसम्म करिव १५ हजारमा कोरोना भाइरसको संक्रमण भइसकेको छ भने १४ जनाले ज्यान गुमाएका छन् ।

सिंगापुरका कोरोना संक्रमितमध्ये धेरैजसो विदेशी कामदार छन्, जो डर्मेट्री अर्थात् सामूहिक रुपमा बस्छन्। अहिलेसम्म १२ वटा यस्ता डर्मेट्रीलाई आइसोलेसनमा राखिएको छ। यी डर्मेट्रीमा हजारौं मजदुर क्वारेन्टाइनमा बसेका छन्।

त्यहाँ पहिलो चरणको संक्रमण प्रवासी कामदारमै देखिएको थियो। सिंगापुरको निर्माण क्षेत्रमा काम गर्ने धेरैजसो श्रमिक दक्षिण एसियाली मुलुकका छन्। उनीहरु प्रायः समूहमा बस्छन् । यसरी बस्दा संक्रमण तीव्र गतिमा फैलिने खतरा देखिएको छ ।

प्रवासी मजदुरहरुको संगठन ट्रान्जिएन्ट वर्कर्स काउन्ट टु का एलेक्स वु ले बीबीसीलाई बताएअनुसार पर्याप्त मात्रामा परीक्षण नभइरहेको बताएका छन्। कसको परीक्षण भएको छ र कसको भएको छैन भन्ने समेत यकिन नभएको उनको भनाइ छ।

‘हामीलाई खबर आइरहेको छ– जुन मजदुरलाई ज्वरो आएको छ उसलाई डाक्टरले घण्टौंसम्म या दिनभर पनि हेरिरहेका छैनन्। खाली प्यारासिटामोल खान भनिएको छ,’ वुले भनेका छन्।

सिंगापुरका स्वास्थ्यमन्त्री जान किम योङले भने पर्याप्त मात्रामा परीक्षण भइरहेको बताएका छन्। हरेक दिन ३ हजार मजदुरको परीक्षण भइरहेको उनले बताएका छन्। अमेरिका, बेलायत, हङकङ, कोरिया आदि मुलुकको तुलानमा सिंगापुरमा धेरै परीक्षण भएको उनले बताएका छन्।

चीन र भारतपछि सबैभन्दा बढी संक्रमित सिंगापुरमा छन्। जबकी यी दुवै देशको जनसंख्या सिंगापुरको भन्दा कैयौं गुणा बढी छ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक अपडेट गरिरहेको वेबसाइट वर्ल्डओमिटरका अनुसार सिंगापुरमा बुधबार विहान समाचार तयार पार्दासम्म १४ जनाको मृत्यु भएको छ भने १३ हजार ८०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ०६ बजे

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको