यो सिजनका खेल गतिविधि रद्द गर्ने तयारीमा फ्रान्स सरकार « Khabarhub

यो सिजनका खेल गतिविधि रद्द गर्ने तयारीमा फ्रान्स सरकार


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्स सरकारले सबैखाले खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएसँगै यो सिजनको ‘लिग वान’ र ‘लिग टु’ नहुने भएका छन्।

कोरोना भाइरसको जोखिम रहेसम्म फ्रान्स सरकारले सबै खाले खेल गतिविधिमा रोक लगाउने तयारी गरेको छ।

बुधबार बिहान फ्रान्सका प्रधानमन्त्री इडोराड फिल्लिपेले २०१९/०२० का सबै खेल गतिविधि रद्द गर्ने योजना सुनाएका हुन्।

मे ११ सम्म कोरोनाको जोखिम कम नभए फुटबल देखि इन्डोर प्रतियोगिता सबै रोक्ने तयारी सरकार गरिरहेको उनले बताएका हुन्।

यद्यपि फ्रान्सको फुटबलको नियामक निकायले जुन १७ देखि जुलाई २५ सम्म सकाउनेगरि बीचमै रोकिएका लिग वान र टु पुन: सुचारु गर्ने अपेक्षामा छ।

फ्रान्समा मार्च १३ देखि फुटबलका गतिविधि ठप्प छन्। अहिलेसम्म लिग डे फ्रान्स (एलएफडी) सिजन रद्द गर्ने बारे भने कुनै निर्णय लिइसकेको छैन्। लिगको सिजन अन्त्य गर्दा रेलिगेसन गर्ने र प्रमोट गर्ने भन्ने पनि निश्चित भइसकेको छैन्।

लिग वानमा १० चरणका खेल बाँकी हुँदा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ५६ अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ३९ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई