लकडाउनका कारण रोकिएको नियमित खोप शुरु | Khabarhub Khabarhub

लकडाउनका कारण रोकिएको नियमित खोप शुरु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– कोरोना भाइरसले बन्दाबन्दीमा रहेका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई दिइने नियमित खोप सिन्धुपाल्चोक जिल्लामा शुरु भएको छ ।
नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस, रुवेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले नियमित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार खोप शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाइ सुरक्षित भएर खोप लगाउन आग्रह गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए । तीन नगरपालिकासहित १२ स्थानीय निकाय रहेको जिल्लाका सबै १०३ वडामा खोप शुरु गरिएको छ । यसबाट दुई वर्षमुनिका छ हजार बढी बालबालिकाले स्वास्थ्य सुविधा प्राप्त गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच चौतारास्थित जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखिएका दुई महिला र दुई बालिकासहित चार जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको आएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लागेपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा क्वारेन्टाइनबाट आइसोलेसनमा राखिएको थियो । उनीहरु सबैको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ भएकाले उनीहरुलार्ई आजै घर पठाइने वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले बताए ।

एम्बुलेन्समार्फत प्रदेश नं २ को सिरहाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले माइत आएकी आमाछोरी र उनको सङ्सर्गमा आएकी एक महिला र बालिकासमेतलाई शुरुमा क्वारेन्टाइनमा र पछि आइसोलेसनमा राखिएको थियो ।

यसअघि जिल्लामा आठ जनालाई आइसोलेसनमा राखिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइसकिएको छ । हाल ४७ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : ३१ बजे

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना