बोटेफ्लिका राष्ट्रपतिका लागि योग्य वा अयोग्य, फैसला हुँदै « Khabarhub

बोटेफ्लिका राष्ट्रपतिका लागि योग्य वा अयोग्य, फैसला हुँदै


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– अल्जेरियाको संवैधानिक परिषद्ले अब्देलाजिज बोटेफ्लिकालाई राष्ट्रपतिको पाचौँ कार्यकालका लागि योग्य रहे–नरहेको बारे बुधबार फैसला गर्दैछ ।

राष्ट्रपति बोटेफ्किाले पाचौँ कार्यकालका समेत राष्ट्रपतिमा उम्मेद्वारी दिएपछि त्यसकाविरुद्ध व्यापक जनप्रदर्शन भइरहेका बेला त्यहाँको संवैधानिक परिषद्ले फैसला गर्न लागेको हो ।

सन् १९९९ यता राष्ट्रपतिको जिम्मेवारीमा रहेका बोटेफ्लिकाले आगामी महिना हुने राष्ट्रपतीय निर्वानका लागि समेत उम्मेद्वारी दिएका छन् । तर, सन् २०१३ मा उनलाई मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा दुर्लभ रुपमा मात्र देखा पर्दै आएका छन् भने उनी ह्विलचिरको मद्दतमा हिँडडुल गर्ने गरेका छन् ।

उनले सत्तालोलुपता देखाएको भन्दै अल्जेरियाको समाजका विभिन्न क्षेत्रबाट उनीप्रति असन्तोष र विरोध भइरहेको बताइएको छ । उनीमाथि चरम अनियमितता र भ्रष्टाचारको पनि आरोप लाग्ने गरेको छ । उनको विरोध गर्दै उनकै पार्टीका प्रभावशाली नेताहरुले पनि उनलाई समर्थन नगर्ने सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् ।

मंगलबारमात्र अल्जेरियाको सेनाका सेनापति लेफ्टिनेन्ट जनरल अहमद गएद सलाहले राष्ट्रपति बोटेफ्लिकाले स्वास्थ्य अवस्थाका आधारमा पद त्याग गर्नुपर्ने घोषणा गरेका थिए । सेनापतिको यस घोषणालाई कुनै राजनीतिक वा संवैधानिक संकट आइपरेका बेला सेनाले राष्ट्रपतिलाई सहयोग गर्न नसक्ने सङ्केतका रुपमा समेत हेरिएको छ ।

संवैधानिक परिषद्को फैसलाले अल्जेरियाको राजनीतिमा विशेष प्रभाव पार्ने भएपनि त्यसलाई पूर्ण रुपमा अनुमोदन गर्न मुलुकको संसद्को तल्लो र माथिल्लो दुबै सदनले दुई तीहाई बहुमतबाट पारित गर्नुपर्ने प्रावधान रहेकाले त्यो तत्काल संभव भने नरहेको बताइन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : १६ बजे

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं– सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय

न्याय माग्दै पीडितहरू महिला आयोगमा

काठमाडौं– हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको