एडीबीले नेपाललाई ३० अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सहयोग गर्ने « Khabarhub

एडीबीले नेपाललाई ३० अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सहयोग गर्ने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशियाली विकास बैंकले २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।

बैंकले तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडा र एशियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच बुधबार भएको टेलिफोन वार्तामा सो सहायता प्रदान गर्ने बैंकले प्रतिवद्धता जनाएको हो।

कोरोना भाइरसको संक्रमणका कारण परेको असर र बैंकले गर्ने सहयोगका विषयमा उनीहरुबीच फोन संवाद भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा अर्थमन्त्री खतिवडाले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबारे जानकारी गराएका थिए ।

उनले कोरोना महामारीको असरलाई सम्बोधन गर्न एशियाली विकास बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु र २ सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गरे ।

अर्थमन्त्रीले खतिवडाले बैंकले उर्जा, यातायात, खानेपानी र शहरी विकासलगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगको विशेष प्रशंसा गरेका थिए ।

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड-१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको समेत प्रंशसा गरेका थिए ।

उनले कोभिड-१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्न बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवं निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ०७ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न