नेपाल बार चुनावः अध्यक्षका दुबै प्रत्यासीका आ–आफ्नै दाबी « Khabarhub

नेपाल बार चुनावः अध्यक्षका दुबै प्रत्यासीका आ–आफ्नै दाबी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– नेपाल बार एशोसिएशनका अध्यक्षका पदका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अधिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नै जीतको दाबी गरेका छन् ।

सत्तारुढ नेकपा निकट नेपाल लयर्स एशोसिएशन (एनएलए)बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले आफू विजयी हुने र नेपाल बार एशोसिएशनलाई सबल बनाउने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै काँग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) तर्फका अध्यक्षका उम्मेदवार पोखरेलले आफू विजयी हुने र न्यायालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपाल बार एशोसिएशनको निर्वाचन बहस’ कार्यक्रममा बोल्दै एनएलएका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बारलाई सक्षम नेतृत्व चाहिएकाले आफूले उम्मेदवार दिएको पनि बताए ।

यता, डिएलएबाट अध्यक्षका प्रत्यासी पोखरेलले राजनीतिक हस्तक्षेप मुक्त न्यायालयका लागि आफूले उम्मेदवारी दिएको बताए । आफू विजयी हुने सुनिश्चित भएको दावी गर्दै उनले न्यायालयलाई स्वतन्त्र न्यायालयको रुपमा विकास गर्न आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय कार्य समिति चयनका लागि प्रगतिशील समूहको तर्फबाट श्रेष्ठ र प्रजातान्त्रिक समूहको तर्फबाट पोखरेल नेतृत्वको दुई वटा समूह निर्वाचनमा होमिएका छन् ।

नेपाल बार एशोसिएसनको केन्द्रीय समितिमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष १/१ जना रहने व्यवस्था गरिएको छ भने उपाध्यक्षमा भने प्रत्येक प्रदेशबाट १÷१ जनासहित ८ जना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : १७ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै