कोरोना भाइरस : फुटबलको अन्तर्राष्ट्रिय क्यालेन्डर दुई वर्षभन्दा बढी प्रभावित हुने « Khabarhub

कोरोना भाइरस : फुटबलको अन्तर्राष्ट्रिय क्यालेन्डर दुई वर्षभन्दा बढी प्रभावित हुने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड१९) ले अन्तराष्ट्रिय फुटबलको क्यालेन्डरमा दुई वा तीन वर्षसम्म असर गर्ने युईएफएका कार्यसमिति सदस्यले बताएका छन्।

झण्डै २ महिनादेखि फिफाका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन्। यहि कुरामा केन्द्रित भइ युईएफएका कार्यकारी समितिका सदस्य तथा युरोपियन लिगका अध्यक्ष लार्स क्रिस्टिन ओल्सनले अहिलेको अवस्था पर्ख र हेरको रहेको बताएका छन्।

यो महामारीले लामो समयसम्म असर गर्नेछ। कतारमा हुने तय भएको फिफा विश्वकप २०२२ सम्मलाई यसले प्रभावित पार्नेछ।

युईएफए अगस्टसम्म यो सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको समापन गर्ने आाशामा छ। यसबारे निर्णय भने मे महिनाभित्रै हुने बताइएको छ।

युईएफएले यसबीचमा दुई वा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गर्ने योजना बनाइरहेको छ। उसले कम्तीमा युरो २०२० छनोट तथा नेसनल लिगका केही खेल गर्ने योजना बनाएको छ।

`जारी सिजन नसकिएसम्म नयाँ सिजन खेलाउने बारे कुनै योजना बनेको छैन,´ओल्सनले भने। कोरोना भाइरसकै कारण २०२० मा हुने तय भएको युरो कप २०२१ का लागि स्थगित भइसकेको छ।

ओलेसनलाई यसले अन्तर्राष्ट्रिय क्यालेन्डरमा पार्ने असरबारे गरिएको प्रश्नमा भन्छन्,` मलाई लाग्छ अबको दुई वा तीन वर्षसम्म यसले असर गर्छ।´

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : ०७ बजे

हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने : देश सक्ने चुनावमा गएर भोट नहाल्नू

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको

तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान बन्द हुन्छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र

उपहार क्याटलग विवादमा प्रधानमन्त्री ताकाइची

एजेन्सी – जापानकी प्रधानमन्त्री साने ताकाइची आफ्नै दलका सांसदहरूलाई अठारस्वरूप

यसरी चल्दैछ एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी अभियान (तस्बिरहरू)

पाँचथर– पाँचथरको मैवाखोला गाउँपालिका–३ साँघु मा आज नेकपा एमालेका उम्मेदवार