लकडाउन उल्लंघन गरे सिधै क्वारेन्टाइनमा राखिने, खर्च आफैंले व्यहोर्नुपर्ने « Khabarhub

लकडाउन उल्लंघन गरे सिधै क्वारेन्टाइनमा राखिने, खर्च आफैंले व्यहोर्नुपर्ने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– बन्दाबन्दीको अवधिभर झापाको मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाले बुधबार सूचना नै जारी गरेर बाहिरबाट आएर लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइनमा बस्नेले खाद्यान्न र सुत्ने बस्ने सामग्रीको व्यवस्थासमेत आफैँ गर्नुपर्ने जनाएको हो ।

‘नगरपालिकाले बन्दाबन्दी उल्लङ्घन गरेर क्वारेन्टाइन बस्नेको खर्च व्यहोर्दैन,’ नगरप्रमुख विमल आचार्यले भने, ‘जो बस्छ उसैले आफूलाई चाहिने सबै खर्च व्यहोर्छ ।’ दमकपछि बाह्रदशीमा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि नगर क्षेत्रमा लकडाउनलाई अरुतिरको भन्दा कडा बनाएको उनको भनाइ छ ।

मेचीनगर क्षेत्रमा सवारी पास बेगरका मोटरसाइकलसहित कुनै पनि सवारी साधन चलाउन निषेध गरिएको छ । नगरपालिकाले वैशाख १६ गतेसम्म जारी गरेका सबै सवारी साधनको अनुमति (पास) खारेज गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।

तरकारी, फलफूल, दूध र माछामासु मेचीनगर बाहिरबाट ल्याएर बेच्नसमेत मेचीनगर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । अत्यावश्यक खाद्य सामग्री तथा सागसब्जी खरिद बिक्रीका लागि बिहान ६ देखि ११ बजेसम्मको समय नगरपालिकाले तोकेको छ ।

त्यसैगरी, औषधि खरिद र अत्यावश्यक ढुवानीका साधन सञ्चालनको समयसमेत बिहान ६ देखि ११ बजेसम्म तोेकिएको छ । सहकारी संस्थाहरुले निक्षेप फिर्तासमेत घरै पुगेर गर्नुपर्ने र अति आवश्यक काममा सवारी पास चाहिएमा नगर क्षेत्रभित्र लागू हुने गरी दिइने नगरपालिकाको निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : ४७ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका