रुसका प्रधानमन्त्री मिशुस्तिनलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

रुसका प्रधानमन्त्री मिशुस्तिनलाई कोरोना संक्रमण


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसमा बिहीबार एकै दिन सात हजार ९९ जना संक्रमण पुष्टि भएको हो, त्यसमध्ये एक प्रधानमन्त्री मिखाइल पनि हुन् ।

गएको जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका छन् ।

रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ ।

प्रधानमन्त्री मिखाइलले भिडियो कलमा राष्ट्रपति पुटिनलाई भनेका छन्, ‘मैले भर्खरै थाहा पाएँ कि मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ ।’

उनी अस्पतालमा रहँदा प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले सम्हाल्ने तय भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ०५ बजे

बर्कशर हाथावेको प्रमुख कार्यकारी पद त्याग्ने ९४ वर्षीय वारेन बफेटले १३ वर्षमै तिरेका थिए कर

काठमाडौं- भेट्रान अमेरिकी लगानीकर्ता वारेन बफेटले लगानी व्यवस्थापन कम्पनी बर्कशर

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन

कोलम्बो– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन

हङकङको ‘समान अवसर आयोग’ मा अरुणा नियुक्त

हङकङ–  हङकङ सरकारको ‘समान अवसर आयोग (ईओसी)’ को सदस्यको रूपमा

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि

काठमाडौं– माध्यमिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक

अमेरिकी सहायता कटौती : तत्काल सकस, दीर्घकाललाई अवसर

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा