'खेलाडी मैदान फर्कन डराइरहेका छन्' | Khabarhub Khabarhub

‘खेलाडी मैदान फर्कन डराइरहेका छन्’


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको बताएका छन् ।

कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् ।

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ ।

शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् ।

३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको अवस्थामा खेलमा फर्किनका लागि अधिकांश खेलाडीहरु डराएका छन्, किनकी उनीहरुका छोराछोरी छन्, परिवार छन् ।’

‘संक्रमण भएकाहरुमा पनि लक्षण देखिँदैन भन्छन्, ममा पनि त संक्रमण भएको हुन सक्छ । मैले प्रेमिकालाई सारेको हुन सक्छु । म त डराएको छु । अरु खेलाडीहरु पनि डराएका छन् ।’

कोरोना भाइरसका कारण प्रिमियर लिग फुटबलका खेलहरु मार्च १३ देखि रोकिएका छन् । लिगका ९२ खेलहरु हुन बाँकी नै छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : १६ बजे

झापाबाट १८ जना जुवाडे पक्राउ

झापा– झापाको शिवसताक्षी नगरपालिका-११ नहर चोक बस्ने ६२ वर्षीय चन्द्रमणी

जनजाति महासंघको आग्रह : प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज अघि नबढाउनू

काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघले प्रस्तवित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज

विरोध र झडपबीच ताप्लेजुङको पाथीभरा जाने केबलकार शिलान्यास

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य

भित्री सडकमा सवारी दुर्घटना धेरै

चितवन– जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ

लुम्बिनीका २० सहकारीमा समस्या, तीन संस्थाका सञ्चालक ताला ठोकेर फरार !

काठमाडौं – लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने दर्जनभन्दा बढी