हाइटी फुटबल संघका अध्यक्षमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप | Khabarhub Khabarhub

हाइटी फुटबल संघका अध्यक्षमाथि महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यारेवियन मुलुक हाइटीको फुटबल संघका अध्यक्ष युभ्स जान बार्तमाथि यौन शोषणको ओरोप लागेको छ।

राष्ट्रिय टोलीकोअभ्यास केन्द्रमा रहकी महिला खेलाडीमाथि यौन शोषणा गरेको आरोप उनीमाथि लागेको हो ।

पछिल्लो २० वर्षदेखि फेडेरेसन हाइटीयन फुटबल (एफएचएफ) को अध्यक्षमा रहेका बार्तले भने आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

बार्तले हाइटी राष्ट्रिय टोली एक जना महिला खेलाडीलाई क्रोक्स डेस ब्यान्क्वेट्समा ती खेलाडीमाथि यौन दुव्यवहार गरेको अङ्ग्रेजीपत्रिका गार्जियन्सले लेखेको छ ।

उनले खेलाडीसँग पछिल्लो ५ वर्षसम्म लगातरको शारीरिक सम्बन्धमा रहेको समाचारमा उल्लेख छ । एक जना खेलाडीले बार्त ती महिला खेलाडीलाई दबाबमा राखेर शारीरीक सम्बन्ध राख्ने गरेको बताएकी छन् ।

बार्तले भने आफ्नो एकेडेमीमा आरोप लगाइएको जस्तो कार्य गर्न सम्भव नभएको बताएका छन् । बार्त वर्षौदेखि महिला खेलाडीमाथि दुर्व्यवहार गर्ने गरेको र अहिले एकेडेमीबाट बाहिरिइसकेकी खेलाडीलाई गर्भपतन गर्न लगाइएको समेत समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ०९ बजे

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश