कोरोनाको प्रकोप बढेसँगै कालोबजारी गर्ने ७० व्यसायिक फर्म कारबाहीमा « Khabarhub

कोरोनाको प्रकोप बढेसँगै कालोबजारी गर्ने ७० व्यसायिक फर्म कारबाहीमा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेपछि शुरु गरिएको अनुगमनका क्रममा सरकारले ७० वटा व्यवसायिक फर्महरुलाई कारबाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ७० फर्मलाई जरिवाना गरेको हो । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार अनुगमनका क्रममा जरिवाना गरिएका फर्ममध्ये २३ खाद्यान्न पसल छन् । मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्रीवितरण गर्ने, मूल्यसूची नराख्नेलगायत उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन र कारवाही गर्दै आएको छ ।

उनका अनुसार कारवाहीस्वरुप जरिवाना गरिएका फर्ममध्ये ९ सर्जिकल हाउसबाट १७ लाख ४० हजार, २३ खाद्य पसल १४ लाख २५ हजार, पाँच औषधि पसलबाट ५ लाख ५० हजार, ६ खाद्यान्न र ग्यास पसलबाट ४ लाख ५५ हजार, ५ ग्यास पसलबाट ५५ हजार, ६ मासु पसलबाट ७ लाख, पाँच शृङ्गार पसलबाट ४ लाख १५ हजार, २ मार्टबाट ७ लाख र अन्य पसलबाट ७० लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

विभागले डेढ महिना अवधिमा २४५ फर्मको अनुगमन गर्दा १०९ फर्म सामान्य अवस्थामा रहेको, ६० फर्मलाई सामान्य कैफियतमा तत्काल नै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको, ७० फर्मलाई जरिवाना गरिएको, दुई फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र चार फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न बोलाएको उनले जानकारी दिए ।

विभागले लकडाउनका कारण खाद्य तथा सर्जिकल सामग्रीलाई बढी मूल्यमा बिक्री गर्ने गरेको जनाउँदै बजार अनुगमनलाई तीव्र बनाएको छ । दैनिक दुईदेखि तीन समूहले उपभोक्ताको गुनासोलाई आधार बनाएर बजार अनुगमन गर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : २४ बजे

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६