कोरोना भाइरसको महामारीबारे समयमै विश्व समुदायलाई जानकारी गराएको डब्ल्युएचओको प्रष्टोक्ति | Khabarhub Khabarhub

कोरोना भाइरसको महामारीबारे समयमै विश्व समुदायलाई जानकारी गराएको डब्ल्युएचओको प्रष्टोक्ति


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारीबारे विश्व समुदायलाई पर्याप्त समय हुँदै जानकारी गराएको प्रष्ट पारेको छ ।

संक्रमण रोक्न तथा त्यसबारे विश्व समुदायलाई आवश्यक जानकारी गराउन कुनै पनि ढिलाइ नगरिएको डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले स्पष्ट पारेका छन् ।

कोरोना भाइरसको महामारीबारे डब्ल्युएचओले समयमै सूचना दिन नसकेर संक्रमण फैलिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाइरहँदा गेब्रेयेसोसले त्यसको खण्डन गर्दै बचाउ गरेका हुन् ।

जनवरी ३० मै अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गर्दा विश्व समुदायलाई यसविरुद्धको अभियानमा लाग्न पर्याप्त समय प्रदान भएको उनले दावी गरेका छन् ।

उनका अनुसार जनवरी ३० मा स्वास्थ्य आपतकाल घोषणा गर्दा चीन बाहिर ८२ जनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसबेला चिनियाँ नागरिक बाहेक कसैको पनि कोरोना भाइरसको संक्रमणबाट  चीनबाहिर मृत्यु नभएको उनले बताएका छन् ।

कमजोर स्वास्थ्य सेवा भएका अफ्रिकी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना उच्च भएकाले विश्व समुदायलाई सचेत रहन उनले आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : २६ बजे

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

एमालेले आजै सरकार छोड्ने

काठमाडौं– नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।