एउटा ट्वीट गर्दा १४ अर्ब अमेरिकी डलर घाटा « Khabarhub

एउटा ट्वीट गर्दा १४ अर्ब अमेरिकी डलर घाटा


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ।

ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ।

“टेस्लाको शेअर मूल्य धेरै नै बढी” रहेको आफ्नो विचार रहेको ट्वीट गरेका मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन्।

अन्य ट्वीटहरूमा उनले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन्।

सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।

वाल स्ट्रीट जर्नलले मस्कलाई त्यो ट्वीट एउटा हल्का टिप्पणी थियो कि भनी गरेको प्रश्नमा उनले होइन भनेको लेखेको छ।

यो वर्ष टेस्लाको शेअर मूल्य बढेर कम्पनीको बजार मूल्य एक खर्ब अमेरिकी डलर नजिकै पुगेको छ।

बजार मूल्य एक खर्ब पुगेको अवस्थामा कम्पनीले लगानीकर्ताहरूलाई करोडौँ डलर लाभांश दिनुपर्ने हुन्छ।

विवादास्वद ट्वीट गरिरहने मस्कले आफ्ना झन्डै साढे तीन करोड फलोअरहरूलाई कोरोनाभाइरसको बेलामा गरिएको लकडाउनको चर्को आलोचना गरेका थिए।

मस्कले बेच्ने भनेको सम्पत्तिमा उनले सन् २०१३ मा किनेको घर पनि पर्छ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : २४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग