कोरोना भाइरसले पाकिस्तानमा ४३७ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसले पाकिस्तानमा ४३७ जनाको मृत्यु


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले पाकिस्तानमा हालसम्म ४३७ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।

पाकिस्तानमा एकैदिन ९३० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ हजार २२ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ४ हजार ७५३ जना उपचारपछि निको भएका छन् । १३ हजार ८३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण १ हजार ३२३ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : १५ बजे

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

मुस्ताङ– मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको