महिनाको २५ लाख मास्क उत्पादन गर्दै हङकङमा कैदी-बन्दी « Khabarhub

महिनाको २५ लाख मास्क उत्पादन गर्दै हङकङमा कैदी-बन्दी


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएसँगै यसको जोखिम रोक्न मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्ण देशका नागरिकलाई तीन वटा सन्देश प्रवाह गरेको छ–सामाजिक दूरी कायम गर्न, पटकपटक हात धुन र अनिवार्य मास्क लगाउन।

डब्लूएचओको यो तीनवटै विकल्पलाई अहिले विश्वका सबै देशले पालना गरिरहेका छन्।

कोरोना संक्रमण विश्वव्यापी महामारी बनेपछि हङकङले मास्क उत्पादनलाई तीव्रता दिएको छ ।  त्यहाँ मास्क  लगाउने संख्या पनि शतप्रतिशत रहेको जनाइएको छ ।

७५ लाख जनसंख्या भएको हङकङमा ४ जनाको मात्र ज्यान गएको छ। १ हजार ३८ संक्रमित देखिएका छन् भने स्वास्थ्य लाभ गरेर ८ सय ३० नागरिक घर फर्किसकेका छन्।

जनता समक्ष सर्जिकल मास्कको अभाव नहोस् भनेर सरकारले जेलमा बन्दी जीवन बिताइरहेका कैदीबाट हरेक महिना २५ लाख मास्क उत्पादन गरिरहेको छ।

हङकङमा लाखको संख्यामा सर्जिकल मास्क यहाँका कैदीहरूले बनाइरहेका छन्। उनीहरूलाई अतिरिक्त रकम दिएर राती अबेरसम्म मास्क बनाउने काममा सक्रिय पारिएको छ।

चीनको सीमा नजिकै रहेको मध्यमस्तरको जेल लो वुमा फेब्रुअरीदेखि नै २४ सै घण्टा मास्क बनाउने काम भइरहेको छ।

कैदीबन्दीसँगै अवकाश प्राप्त कर्मचारी तथा अन्य अधिकारी मिलेर मास्क बनाउने काममा योगदान गरिरहेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : १४ बजे

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको