लकडाउनको ४१ औं दिन आज एकाबिहानै ७८४ जना पक्राउ « Khabarhub

लकडाउनको ४१ औं दिन आज एकाबिहानै ७८४ जना पक्राउ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ७ सय ८४ जनालाई पक्राउ गरेको छ ।

अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन प्रहरीले आग्रह गर्दा गर्दै पनि अटेरी गर्ने ७८४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जसमध्ये लकडाउन उल्लघंन गर्दै सडकमा निस्कने १ सय ९६ जना महिला समेत रहेका छन्।

उनीहरुलाई तीन घण्टासम्म सडकमा राखेर घर फर्काउने गरेको छ। काठमाडौंकै केही ठाउँमा लकडाउन उल्लंघन गर्नेलाई  सडकमा नै खादा लगाइदिने समेत गरिएको छ ।

यसैबीच हिजो शनिबार मात्रै सवारीसाधनको पासमा आफैँले मिति सच्याउँदै सवारी चलाउने, पासको दुरुपयोग गरेका कारण दर्जनौँ कारबाहीमा परेका छन् ।

आइतवार बिहान ८ बजेसम्म प्रहरीले २ सय ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। लकडाउनको आज ४१ औं दिन पुगेको छ ।

यसैबीच हालसम्म नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये १६ जना निको भएर घर फर्केका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ४१ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र