यसकारण गर्भवती महिलालाई लाग्छ ‘वाकवाकी’ « Khabarhub

यसकारण गर्भवती महिलालाई लाग्छ ‘वाकवाकी’


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया गर्भावस्थामा महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ ।

यो हरेकजसो महिलाहरुमा देखिने समस्या हो । यस्तो किन हुन्छ त ? चिकित्सकहरूका अनुसार, गर्भावस्थामा महिलामा आउने एचसिजी हर्मोनका कारण वाकवाकी र रिंगटा लाग्ने गर्दछ ।

यो हर्मनलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ ।

अध्ययन अनुसार, गर्भावस्थामा आउने यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँदछ । यसबाहेक स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्दछ ।

गर्भवती अवस्थामा वान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार, वाकवाकी लाग्न गर्भवती भएको ४ देखि ८ हप्ताबाट शुरु हुन्छ । र, यो क्रम १३ देखि १४ हप्तासम्म नै रहन्छ । कसैकसैलाई भने यो भन्दा बढी समय सम्म पनि यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त

असहज हुन्छ । तर पेटमा भएको बच्चालाई भने कुनै असर हुँदैन ।

धेरै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । विहान उठ्नुअगाडि भिजाएर राखेको गेडागुडी खानुपर्दछ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : २५ बजे

प्रधानमन्त्रीको निर्णयशैली र मौनताले सुशासनको दाबी कमजोर बनायो : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको

टोखाबाट करिब छ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ सूर्य दर्शन हाईट डेरा गरी बस्ने नुवाकोट शिवपुरी

अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की

काठमाडौं– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनलाई सम्बोधन

स्रोत नखुलेको नगदसहित पाँचजना पक्राउ

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार

अफगानिस्तानमा पाकिस्तानी बमबारी : १० जनाको मृत्यु भएको तालिबानको दाबी

एजेन्सी– अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा