गाई चाराउन जंगल गएकी किशोरीमाथि बलात्कार गर्ने युवक पक्राउ | Khabarhub Khabarhub

गाई चाराउन जंगल गएकी किशोरीमाथि बलात्कार गर्ने युवक पक्राउ


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– गाई चराउन जंगल गएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको दंगिशरण गाउँपालिका–८ चखौरा बस्ने २२ वर्षीय सचिन चौधरी छन् ।

चौधरीले शनिबार दिउँसो तुल्सीपुर उपमहानगरपालिका–२ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएकी एक १५ वर्षीया किशोरीमाथि बलात्कार गरेका थिए ।

दाङको शान्तिनगर गाउँपालिका घर भएकी किशोरीमाथि बलात्कार गरेर फरार भएका चौधरीलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ३४ बजे

संसद्‍मा राजेन्द्रले मागे प्रधानमन्त्री ओलीको राजीनामा 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी

सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने छन् ः प्रचण्ड 

महोत्तरी– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलबाट

मन्त्रालयलाई बालेनको जवाफ- गुरागाईंले काम हुँदैन, नयाँ कार्यकारी अधिकृत पठाइदिनू

काठमाडौ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्तमान कार्यकारी अधिकृत सरोज

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

सुन्दरबजार– पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस

पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती- अब राजतन्त्र फर्किँदैन, लोकप्रिय भए चुनाव लड्नुस्

महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र ब्यूँतने सपना