Windows 7 बन्द गर्दै माईक्रोसफ्ट, प्रयोगकर्ताले अब के गर्ने ? « Khabarhub

Windows 7 बन्द गर्दै माईक्रोसफ्ट, प्रयोगकर्ताले अब के गर्ने ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईं कम्प्युटर या ल्यापटप प्रयोग गर्नुहुन्छ र त्यसमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग गर्नुभएको छ भने तपाईंका लागि यो समाचार महत्वपूर्ण हुनसक्छ । माईक्रोसफ्टले अब विन्डोज सेभेन (Windows 7) बन्द गर्ने तयारी शुरु गरिसकेको छ ।

यसको सपोर्ट पनि त्यसरी नै बन्द गरिने छ जसरी विन्डोज एक्सपी र भिस्टाको गरिएको थियो ।

अघिल्लो वर्षको जुन महिनामा नै माईक्रोसफ्टले विन्डोज सेभेनका लागि अफिसियल फोरम सपोर्ट बन्द गरिदिएको थियो ।

अब एक वर्षपछि अर्थात् १४ जनवरी २०२० पछि माईक्रोसफफ्ट विन्डोज सेभेनका लागि सपोर्ट दिने छैन । यसको अर्थ अब विन्डोज सेभेन पाइने छैन । यदि तपाईं विन्डोज सेभेनको प्रयोगकर्ता हुनुहुन्छ भने कुनै पनि सपोर्टका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।

माइक्रोसफ्टले ७ जुलाई २००९ मा विन्डोज सेभेन लञ्च गरेको थियो । त्यसपछि विन्डोज–८, विन्डोज–८.१ र जुलाई २०१५ मा कम्पनीले विन्डोज–१० ल्यायो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ५० बजे

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ