दाङको प्रयोगशालामा धेरै कम मात्रामा मात्रै कोरोना परीक्षण | Khabarhub Khabarhub

दाङको प्रयोगशालामा धेरै कम मात्रामा मात्रै कोरोना परीक्षण


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङ जिल्लामा यही वैशाख १२ गते देखि कोरोना भाइरस संक्रमण पत्ता लगाउन स्वाब परीक्षण शुरु भए पनि गति लिन सकेको छैन । अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको मात्रै स्वाब परीक्षण भएको छ ।

पीसीआर विधिबाट जाँच गरिएका २३ जनामध्ये प्रतिष्ठानकै आइसोलेशनमा बसेका र जिल्ला बाहिरबाट आएकाको मात्रै स्वाब परीक्षण भएको प्रतिष्ठानले जनाएको छ । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले भने स्वाब परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरेको छ । विशेष अस्पतालमा रहेका सात जनाको स्वाब परीक्षणका लागि गत बिहीबार नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो ।

प्रतिष्ठानमा ढिला हुने देखेर स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाइएको बेलझुण्डी अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । ‘हामीले त जहाँ छिटो हुन्छ त्यहीँ जाँच गर्ने हो, नेपालगञ्ज छिटो हुने देखेर पछिल्लो पटक सात जनाको स्वाब नेपालगञ्जमा परीक्षण गरिएको हो,’ शर्माले भने ।

राप्ती प्रतिष्ठानमा भर्खरै जाँच शुरु भएकाले पनि छिटो रिपोर्टको लागि नेपालगञ्ज पठाइएको उनले बताए । प्रतिष्ठानमा धेरैको स्वाब पठाउँदा ढिला हुन सक्छ भनेर नै बाहिर पठाइएको जनाइएको छ ।

प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश देवले १ पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने भए पनि दिनमा एकदुई जनाको मात्रै परीक्षण भइरहेको जानकारी दिए । किटको अभाव भए पनि धेरै स्वाब परीक्षणका लागि नआएका कारण थोरैको मात्र भइरहेको उनले बताए ।

प्रतिष्ठानमा अहिले जिल्ला बाहिर रोल्पा र कपिलवस्तुबाट पनि स्वाब परीक्षणका लागि ल्याइने गरेको बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : ३६ बजे

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस