रथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

रथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

शर्मालाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको थियो। रथीमा पदोन्नति भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ। शर्मा प्रधानसेनापतिको प्रमुख दावेदार हुन्।

बलाध्यक्ष रथी गौरब तण्डुलले १९ वैशाखमा अनिवार्य अवकाश पाएपछि शर्माको बढुवा भएको थियो ।

सेनामा ६ असारदेखि अर्का बलाधिकृत रथी शरद गिरी अवकाश हुँदैछन् । यसपछि शर्मा प्रधानसेनापति पछिकाे बरियतामा हुनेछन् । शर्मालाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ ।

शर्माकै नेतृत्वमा सेनाले अपरेशन कोभिड–१९ को पहिलो कारवाही पूरा गरेकाे थियो । चीनको वुहानमा फसेका नेपालीहरूलाई हवाई उद्धार, क्वारेन्टिन ब्यवस्थापन, उपचार र जाँच लगायतको कारवाहीलाई अपरेशन कोभिड–१९ नाम दिईएको थियो।री हुन् ।

यस्तै प्रधानसेनापति थापाले उपरथीमा बढुवा भएका सहायक रथीहरु आनन्दकुमार अधिकारी र सञ्जय थापा समेतलाई आइतबार दर्ज्यानी चिन्ह लगाई दिएका थिए । बढुवा भएका उपरथी अधिकारीलाई उपत्यका पृतना मुख्यालय र उपरथी थापालाई मध्यपश्चिम पृतना मुख्यालयको जिम्मेबारी दिईएको छ । यसअघिका पृतनापति उपरथी निरञ्जन श्रेष्ठको तालिम महानिर्देशनालयमा सरुवा भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४० बजे

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी