भारतमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित हुनेकाे सङ्ख्या ४० हजार नाघेको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १३ सय ६ जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८७ जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै ८३ जनाको ज्यान गएको र दुई हजार चार सय ८७ जना नयाँ बिरामी थपिएकाे मन्त्रालयले जनाएको हो ।

भारतमा पछिल्लाे समय सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या लगातार बढिरहेकाे छ । भारतमा महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएकाे छ । महाराष्ट्रमा मात्रै १० हजारभन्दा धेरैमा सङ्क्रमण भएकाे छ ।

नेपालमा पनि काेराेना सङ्क्रमितकाे सङ्ख्या ७५ पुगेकाे छ । आज थप १६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ४६ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि